NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कालापानी, लिपुलेक नेपालकै हो: भारतमा खनालको अडान

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको अडान दोहोर्याएका छन्। उनले नेपालको सहमतिबिना भारत र चीनबीच सीमासम्बन्धी सम्झौता हुन नसक्ने स्पष्ट पारे। मन्त्री खनालले आफू नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधित्व गर्ने र विगतका गल्तीबाट मुक्त रहेको बताए।
Bikram Magar
Bikram Magar
7 June 2026, 5:18 pm १ मिनेट पढाइ
आकार:
कालापानी लिपुलेक नेपाल
Share:

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग हो, यसमा नेपालको अडान सधैं कायमै रहनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा यो स्पष्ट पारे। कैलाश मानसरोवरको तीर्थयात्राका लागि नेपाल प्रमुख ट्रान्जिट मार्ग बन्दै आएको उनले उल्लेख गरे।

मन्त्री खनालले नेपालको सहमतिविना भारत र चीनबीच सीमासम्बन्धी सम्झौता हुन नसक्नेमा आफूहरू स्पष्ट रहेको बताए। उनले नेपालले यो विषयमा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोटमार्फत औपचारिक रूपमा जानकारी गराइसकेको र विगतदेखि नै ती क्षेत्रलाई आफ्नो भूभाग मान्दै आएको स्पष्ट पारे।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले आफू नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधित्व गर्ने र विगतका गल्ती र अलमलबाट टाढा रहेको बताए। उनले नागरिकले दिएको जनादेश सुशासन, योग्यता प्रणाली र प्रत्यक्ष जवाफदेहितामा आधारित रहेको उल्लेख गरे।

उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक र सांस्कृतिक निकटतामा मात्र नभई साझा भविष्यको निर्माणमा आधारित रहेको बताए। उनले भारत सरकारले देखाएको सद्भाव र आतिथ्यका लागि आभार व्यक्त गरे।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार