NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा माओवादीको प्रदर्शन

नवलपरासीको सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपको विरोधमा नेकपा माओवादीले माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीले राष्ट्रिय स्वाधीनता र सीमाको रक्षा गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार स्थानीयवासीले सुस्ता गाउँपालिकामा पसेको एसएसबी टोलीलाई प्रतिकार गरी फर्काएका थिए।
Kamala Devi
Kamala Devi
13 June 2026, 5:47 pm १ मिनेट पढाइ
आकार:
सुस्तामा एसएसबीको हस्तक्षेप
Share:

नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोधमा नेकपा माओवादीले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्‍यो। ‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ जस्ता नारा प्रदर्शनमा गुञ्जियो। माओवादीका नेता कार्यकर्ताले सुस्तामा नेपाली भूमि र नागरिकमाथि भइरहेको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरे। उनीहरूले राष्ट्रिय सीमा रक्षा, भूमि अतिक्रमण अन्त्य र सीमावर्ती नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए। शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– ५ थारू टोलमा पसेको एसएसबी टोलीलाई स्थानीयवासीले प्रतिकार गरी फर्काइदिएका थिए। प्रदर्शनकारीले ‘सीमा अतिक्रमण बन्द गर’, ‘सुस्तामा भारतीय हस्तक्षेपको प्रतिरोध गरौँ’, ‘भौगोलिक अखण्डताको रक्षा गरौँ’ जस्ता प्लेकार्ड प्रदर्शन गरे।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार