NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डोल्पामा जिप र ट्याक्टर ठोक्किए, ९ घाइते

डोल्पाको भेरी करिडोरमा जिप र ट्याक्टर ठोक्किएर ९ जना घाइते भएका छन्। जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ।
Sanjay Karki
Sanjay Karki
13 June 2026, 8:33 pm १ मिनेट पढाइ
आकार:
डोल्पा दुर्घटना
Share:

डोल्पाको भेरी करिडोरमा जिप र ट्याक्टर ठोक्किएर नौ जना घाइते भएका छन्। ठूलीभेरी नगरपालिका–९ भित्तीस्थित भेरी करिडोरमा शनिबार साँझ करिब ६:३० बजे यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ गइरहेको ग १ ज ६४३७ नम्बरको जिपको ब्रेक फेल भयो। विपरीत दिशाबाट आइरहेको रा १ च २९४८ नम्बरको ट्याक्टरसँग जिप ठोक्कियो।

दुर्घटनामा जिपमा सवार चालकसहित १० जनामध्ये नौ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले Nmkhabarलाई पुष्टि गरे।

प्रहरीले जिप चालक ठूलीभेरी–९ का ३१ वर्षीय राजकुमार सिंह र ट्याक्टर चालक ठूलीभेरी–४ का २३ वर्षीय दिलबहादुर बिकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार