NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कैलालीमा ट्याम्पो भीरमा खसालेको प्रकरण: १० वन कर्मचारी पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा १० वन कर्मचारी पक्राउ परेका छन्। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले अनुसन्धान थालेको छ। वन क्षेत्रको जग्गा अतिक्रमण गरी सञ्चालित पसल हटाउने क्रममा ट्याम्पो खसेको थियो।
Arjun Basnet
Arjun Basnet
14 June 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
वन कर्मचारी पक्राउ
Share:

कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा १० जना वन कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

ट्याम्पो खसालेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले समेत चासो देखाएको थियो। प्रहरी स्रोतका अनुसार सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबै १० जना वन रक्षक र जुनियर कर्मचारी हुन्। जिल्ला वन अधिकृत (डीएफओ) रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू भने जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन्।

वन क्षेत्रको जग्गा अतिक्रमण गरी ट्याम्पोमा खोका पसल सञ्चालन गरिरहेको अवस्थामा देखिएपछि उक्त ट्याम्पो हटाइएको थियो। जिल्ला वन कार्यालय कैलालीले ट्याम्पो हटाउने क्रममा भीरमा खसेको स्पष्टीकरण दिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार