NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मानव बेचबिखनका फरार प्रतिवादी कतारमा पक्राउ, नेपाल फिर्ता

• मानव बेचबिखन र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी मो. ताहिर राईन कतारमा पक्राउ परेका छन्। • इन्टरपोलको रेड नोटिसपछि उनलाई नेपाल फिर्ता ल्याइएको छ। • उनलाई धनुषा जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।
Kamala Devi
Kamala Devi
10 August 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
मानव बेचबिखन प्रतिवादी पक्राउ
Share:

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी मो. ताहिर राईन कतारमा पक्राउ परेका छन्। राईन धनुषाको धनौजी गाउँपालिका-५ का बासिन्दा हुन्।

उनलाई कतारस्थित नेपाली दूतावासको समन्वयमा कतार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका राईनलाई कारबाही प्रक्रिया अगाडि बढाउनका लागि सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ।

उक्त मुद्दामा संलग्न भई फरार रहेका राईनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८३ साउन १२ गते रेड नोटिस जारी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले राईनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार