सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोल नजिकै धानखेतमा बेवारिसे अवस्थामा फेला परेको सकेट बम नेपाली सेनाले निस्क्रिय पारेको छ। स्थानीयले प्रहरीलाई खबर गरेपछि चोहर्वास्थित नन्दाबक्स गणको बम डिस्पोजल टोलीले उक्त बम सुरक्षित रूपमा डिस्पोज गरेको हो।
प्रहरीका अनुसार उक्त बम तत्कालीन माओवादी द्वन्द्वका क्रममा छुटेको हुनसक्ने प्रारम्भिक अनुमान छ। बम निस्क्रिय गरिएपछि स्थानीयमा देखिएको त्रास हटेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृत नरेश लिम्बुले घटनाको पुष्टि गरेका छन्।
