मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा कम्तीमा १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका छ। आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
हिमाल आरोहणका लागि २२ जना नेपाली गएका थिए। प्रहरीका अनुसार उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी थिए। अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
मानवीय क्षति भएको आशंकामा उद्धारका लागि काठमाडौंबाट सशस्त्र प्रहरीको टोली र हेलिकप्टर मनाङ पठाइएको छ। क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
