NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेसले सरकारको काममाथि निगरानी कसी: मन्त्रालयगत संयोजक सक्रिय

सरकारका कामकारबाहीमाथि निगरानी बढाउन नेपाली कांग्रेसले मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बस्यो। भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने निर्णय गर्‍यो। संयोजकहरूको बैठक प्रत्येक महिना बस्नेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 June 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस सरकार निगरानी
Share:

सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसद्‌मा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखे।

बैठकमा मन्त्रिपरिषद्को निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसद्‌मा प्रभावकारी ढङ्गले विषय उठाउने विषयमा छलफल भएको थियो।

राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय भएको छ।

मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा बस्नेछ। आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिनेछ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसद्‌मा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार