परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनालको यो भ्रमण हुन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको क्रममा खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
सो अवसरमा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
