NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गौरमा खाजा घरको आवरणमा गाँजा कारोबार, सञ्चालक पक्राउ

रौतहटको गौरमा खाजा घरको आवरणमा गाँजा कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीले ७ सय ग्राम गाँजासहित १२५ पुरिया बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।
Kamala Devi
Kamala Devi
10 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
गौर खाजा घर गाँजा
Share:

रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आडमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह पक्राउ परेका हुन्।

साहले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, खाजा घरमा गाँजा बिक्री वितरण हुने विशेष सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो।

प्रहरीले खाजा घरको काउन्टरको च्याकमा लुकाइराखेको गाँजा बरामद गर्‍यो। खानतलासीका क्रममा बिक्रीका लागि तयार पारिएका १२५ पुरिया, कुल ७ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

गाँजासहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार