काठमाडौं । प्रहरीले काठमाडौंमा अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्ने चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले साउन ३ गते साँझ करिब ६ बजे काठमाडौं–१ नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूले AW8, Khalti88, 1xBet जस्ता बेटिङ वेबसाइटमार्फत अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरूले बेटिङ वेबसाइट र मोबाइल बैंकिङमार्फत १ करोड ९६ लाख ५४९ रुपैयाँ बराबरको कारोबार गरेको आशंका छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
