भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा ज्ञानराज कँडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले कँडेललाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।
जग्गा रोक्कासम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदा लिँदै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले बताएको छ।
