NM Khabar 28 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो: १२ नेपाली आरोही बेपत्ता

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोमा परी करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका छ। उद्धारका लागि हेलिकप्टर पठाइएको छ।
Sanjay Karki
Sanjay Karki
27 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
हिम्लुङ हिमाल हिमपहिरो
Share:

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा कम्तीमा १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका छ। आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको हो। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

हिमाल आरोहणका लागि २२ जना नेपाली गएका थिए। प्रहरीका अनुसार उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी थिए। अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

मानवीय क्षति भएको आशंकामा उद्धारका लागि काठमाडौंबाट सशस्त्र प्रहरीको टोली र हेलिकप्टर मनाङ पठाइएको छ। क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार