NM Khabar 28 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर बाढीपहिरो: ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

देशभर अविरल वर्षासँगै आएको बाढीपहिरो र विपद्मा परी ६ जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा २, लुम्बिनीमा २, गण्डकीमा १ र कर्णालीमा १ जनाको मृत्यु भएको छ। विपद्मा २ जना घाइते भएका छन् भने ४०७ जनाको उद्धार गरिएको छ।
Sanjay Karki
Sanjay Karki
26 September 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
बाढीपहिरोमा मृत्यु
Share:

काठमाण्डु – गत बिहीबारयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोमा परी बागमती प्रदेशमा २, लुम्बिनी प्रदेशमा २, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा १ जनाको ज्यान गएको छ ।

विपद्मा २ जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । ४०७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ । पहिरोमा पुरिएका धनमालको सुरक्षाका लागि स्थानीयसँग समन्वय भइरहेको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार