Site icon Nmkhabar

“मेजर इकबाल vs रहमान डकैत: एउटै कथाका दुई खलनायक, एक किन प्रभावशाली र अर्को किन फिका?”

काठमाडौँ। बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ प्रदर्शनमा आएपछि दर्शकहरू मिश्रित प्रतिक्रियाका साथ हलबाट बाहिरिएका छन्। आदित्य धरको निर्देशनमा बनेको यो सिक्वेलले धेरै हदसम्म दर्शकको अपेक्षा पूरा गरे पनि यस पटकको ‘भिलेन’ को भूमिकालाई लिएर भने गम्भीर समीक्षा सुरु भएको छ।

विशेष गरी फिल्मका दुई प्रमुख नकारात्मक पात्रहरू– मेजर इकबाल (अर्जुन रामपाल) र रहमान डकैतबीचको तुलनाले अहिले चर्चा पाइरहेको छ। फिल्म हेरेका अधिकांश दर्शकले अघिल्लो भागको तुलनामा यस पटकको भिलेनको ‘भौकाल’ वा प्रभाव केही फितलो रहेको महसुस गरेका छन्।

मेजर इकबाल किन फितलो देखिए? ‘आजतक’ को विश्लेषण अनुसार, अर्जुन रामपालले मेजर इकबालको भूमिकामा न्याय गर्ने प्रयास गरे पनि उनको पात्रको लेखनमा केही कमजोरी देखिएको छ। अर्कोतर्फ, रहमान डकैतको पात्रलाई जसरी स्थापित गरिएको छ, त्यसको तुलनामा मेजर इकबालको उपस्थिति उत्ति शक्तिशाली लाग्दैन। फिल्मको प्लटमा सबै स्वाद भए पनि भिलेनको ‘डर’ जति हुनुपर्ने थियो, त्यो कताकता हराएको समीक्षकहरूको ठहर छ।

यद्यपि, फिल्मको एक्सन, सिनेम्याटोग्राफी र कलाकारहरूको अभिनयले दर्शकलाई सन्तुष्ट बनाएको छ। आदित्य धरले एउटा अब्बल सिक्वेल त पस्केका छन्, तर खलनायकको चरित्र चित्रणमा भने केही ‘चूक’ भएको देखिन्छ। यसले गर्दा दर्शकले रहमान डकैतलाई बढी सम्झिएका छन् भने मेजर इकबालको भूमिका केही ओझेलमा परेको छ।

Exit mobile version