NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सूर्यदर्शन सहकारी ठगी: १७ करोड बिगो तिर्ने सर्तमा महेन्द्र भोटे धरौटीमा रिहा

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे ५ लाख धरौटीमा रिहा भएका छन्। भोटेले १७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनलाई धरौटीमा छोडिएको हो। यो सहकारीमा बचतकर्ताको १ अर्ब ११ करोडभन्दा बढी रकम हिनामिना भएको अभियोग छ।
Arjun Basnet
Arjun Basnet
7 June 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
सूर्यदर्शन सहकारी ठगी
Share:

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनामा रहेका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

१७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनी धरौटीमा छुटेका हुन्। एमालेनिकट युवा संघका नेतासमेत रहेका भोटेले उक्त सहकारीबाट साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो।

सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ। सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा १९ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो।

मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। उनीसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो।

उक्त सहकारी ठगीमा फरार मुख्य आरोपी गितेन्द्र बहादुर राई (जीबी) अहिले पनि फरार छन्। सहकारी ठगीको आरोप लागेका रवि लामिछाने अहिले रास्वपा सभापति छन्। जीबीका मुख्य सहयोगी रम्तेल २०८० असोज २१ गतेदेखि जेलमा छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार