NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कम्बोडियामा रहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको निर्देशन

थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। यी ६६ जनाले भिसा नवीकरण नगरी कम्बोडियामा बसिरहेका थिए। १२ जुन २०२६ सम्ममा नेपाल नफर्के कडा कारबाही हुने चेतावनी दिइएको छ।
Bikram Magar
Bikram Magar
7 June 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
कम्बोडिया नेपाली स्वदेश फिर्ती
Share:

थाइल्यान्डस्थित नेपाली दूतावासले भिसा अवधि समाप्त भएपछि पनि कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन निर्देशन जारी गरेको छ। दूतावासले एक सूचनामार्फत यो जानकारी दिएको हो।

विभिन्न कारणले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकहरूका लागि यसअघि कम्बोडिया सरकारले भिसा शुल्क र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सहजीकरण गरेको थियो। तर, तीमध्ये ६६ जनाले भने स्वदेश फर्कन कुनै तदारूकता नदेखाएको दूतावासले जनाएको छ।

कम्बोडिया सरकारले तोकिएको समयमा देश नफर्कने विदेशी नागरिकहरूका लागि नयाँ कानुनअनुसार कडा कारबाहीको व्यवस्था गरेको छ। यसमा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना वा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।

दूतावासले जारी गरेको सूचनामा सम्बन्धित सबै नेपाली नागरिकहरूलाई १२ जुन २०२६ भित्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी नेपाल फर्कन अनुरोध गरिएको छ। साथै, उनीहरूका परिवारजन तथा आफन्तजनहरूलाई समेत यसलाई आधार मानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार