राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक अवस्था र संसदमा देखिएको गतिरोधबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आगामी जेठ २५ गते सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन औपचारिक पत्राचार गरिएको छ। रास्वपाले प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनुपर्ने आग्रह गरेको छ।
यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग बालुवाटारमा भेटवार्ता गरी समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ।
