NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन, दूतावासले फिर्ता बोलायो

कम्बोडियामा ६६ नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई १२ जुन २०२६ भित्र नेपाल फर्कन निर्देशन दिएको छ। भिसा अवधि सकिएपछि पनि नफर्किनेलाई कम्बोडियामा जरिवाना वा आजीवन कारावासको सजाय हुन सक्नेछ।
Bikram Magar
Bikram Magar
7 June 2026, 7:48 pm १ मिनेट पढाइ
आकार:
कम्बोडियामा नेपाली सम्पर्कविहीन
Share:

कम्बोडियामा ६६ नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। बैंककस्थित नेपाली राजदूतावासले उनीहरूलाई १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरेको छ।

विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ नेपालीले भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी बसेका थिए। कम्बोडिया सरकारले उनीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सहजीकरण गरेको थियो।

तर, ६६ नेपालीले भने नेपाल फर्किन कुनै तदारूकता नदेखाएको दूतावासले जनाएको छ।

तोकिएको समयमा स्वदेश नफर्कने विदेशी नागरिकमाथि कम्बोडिया सरकारले नयाँ कानुनअनुसार कारबाही गर्नेछ। यसअन्तर्गत पाँच लाख अमेरिकी डलरसम्म जरिवाना वा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।

कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिक पक्राउ परी कठोर कानुनी सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै दूतावासले सचेत गराएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार