NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्ण अपाङ्गता भएकी सुनिता विकले घरमै पाइन् नागरिकता

• पर्वतको जलजला गाउँपालिकाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता प्राप्त गरेकी छिन्। • शारीरिक अवस्थाका कारण सदरमुकाम आउन नसक्दा प्रशासनको टोली घरमै पुगेर नागरिकता वितरण गरेको हो। • नागरिकता पाएपछि सुनिताले सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा प्राप्त गर्न सहज हुनेछ।
Maya Thapa
Maya Thapa
14 June 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
घरमै नागरिकता वितरण
Share:

जन्मेदेखि पूर्ण अपाङ्गताको जीवन बिताइरहेकी पर्वतकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाइन्। सदरमुकाम कुश्मास्थित जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनको अवस्थाले गर्दा टोली गाउँमै पुगेको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले फड्केढुङ्गामा रहेको विकको घरमै पुगेर नागरिकता हस्तान्तरण गर्‍यो।

कार्यालयसम्म आउन नसक्ने नागरिकलाई नागरिकता जस्ता महत्वपूर्ण कागजातबाट वञ्चित हुन नदिन यो कदम चालिएको प्रजिअ पौडेलले बताए। सुनिताको अपाङ्गताको प्रकृति अत्यन्तै दयनीय रहेकाले सदरमुकाम बोलाउने कुनै उपाय नभएको उनले उल्लेख गरे। नागरिकता पाएपछि राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्तालगायतका सेवा प्राप्त गर्न सुनितालाई सहज हुनेछ।

सुनिताका बुबा काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताए। जुनसुकै अस्पतालमा लगे पनि निको नभएको र पूर्ण अपाङ्गताले परिवार नै समस्यामा परेको उनको गुनासो छ। सुनितालाई खाना खुवाउने र सरसफाइ गरिदिने काममा एक जना पूर्ण रूपमा खटिनुपर्दा परिवारको गुजारा चलाउनसमेत समस्या भएको छ।

तेस्रो सन्तानका रूपमा जन्मेकी सुनिता सुरुका आठ महिनासम्म सामान्य थिइन्। त्यसपछि स्वास्थ्य बिग्रिँदै गएर अपाङ्गताले थलिएको सुनारले बताए। जलजला–६ का वडाध्यक्ष भरत जिसीले नागरिकता बनेसँगै अब वडा कार्यालयबाट नियमित भत्ता दिइने बताए।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार