NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१८ मन्त्रालय कायम, २३ सचिवको जिम्मेवारी हेरफेर

सरकारले २२ मन्त्रालयलाई १८ मा झारेपछि २३ सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर भएको छ। ६ सचिवलाई विभिन्न निकायमा सरुवा गरिएको छ भने ६ जना अतिरिक्त समूहमा परेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 June 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
सचिव सरुवा
Share:

सरकारले २२ मन्त्रालयलाई १८ मा झारेपछि २३ सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार यो निर्णय भएको हो।

दुई सचिवको दरबन्दी रहेका मन्त्रालयमा एक जनाको दरबन्दी कटौती गरी २३ जना सचिवको दरबन्दी मिलान गरिएको छ।

छ सचिवलाई विभिन्न निकायमा कार्यभार तोकिएको छ। सचिव भुपाल बराल गण्डकी प्रदेश, चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्य विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्र राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौत नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई/दुई जना सचिव कार्यरत थिए।

छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। लोकनाथ पौडेल (साविक युवा तथा खेलकुद मन्त्रालय), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालय), डा गोविन्दप्रसाद शर्मा (साविक वन तथा वातावरण मन्त्रालय), डिल्लीराम शर्मा (साविक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) र डण्डुराज घिमिरे (हाल निलम्बनमा) अतिरिक्त समूहमा छन्।

सचिव डा गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार, अतिरिक्त समूहका अर्का एक सचिवलाई सूचना प्रविधि (आइटी) को समन्वयको जिम्मेवारी दिने तयारी छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार