बाढी-पहिरोमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन्।
असोज ८ गतेयताका विपद्मा परी ५ जना नागरिक घाइते भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। प्रधानमन्त्री शाहले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
विपद्का कारण २१ जना नागरिकको ज्यान गएको छ। म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा क्षति भएको छ। प्रधानमन्त्रीले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।
मनाङको हिमपहिरोमा परेकासहित ५ जना अझै बेपत्ता छन्। सुरक्षाकर्मीहरू उनीहरूको खोजी तथा उद्धारमा खटिएका छन्।
प्रभावित परिवारलाई स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ। संकटमा परेका नागरिकले १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
