NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

झापामा ५१ किलोमिटर सडक कालोपत्र, पूर्वाधार कार्यालयको प्रगति

• झापामा गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरिएको छ। • यस अवधिमा ३२.८ किलोमिटर सडक ग्राभेल र ९.५ किलोमिटर सडक ढलान पनि सम्पन्न भएको छ। • कार्यालयले कुल रु १.५१ अर्ब बजेटमा रु १.०५ अर्ब खर्च गरी विभिन्न भौतिक पूर्वाधार निर्माण गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 August 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
झापा सडक कालोपत्र
Share:

जिल्ला पूर्वाधार विकास कार्यालय, झापाले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ।

सोही अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान सम्पन्न भएको छ। ९०० मिटर सडकको मर्मतसम्भार पनि गरिएको छ।

कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे पुल, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल र आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन्।

गत आर्थिक वर्षमा रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार