NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सन्दीप लामिछाने पुनः नेपाली क्रिकेट टोलीको एकदिवसीय कप्तान नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई एकदिवसीय कप्तानमा पुनः नियुक्त गरेको छ। यो निर्णय आगामी एसिसि प्रिमियर कप प्रतियोगितादेखि लागू हुनेछ। अगस्ट ३० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा सन्दीपले कप्तानी गर्नेछन्।
Prakash Gurung
Prakash Gurung
10 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
सन्दीप लामिछाने कप्तान
Share:

नेपाल क्रिकेट संघ (क्यान) ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा पुनः नियुक्त गरेको छ। आगामी एसिसि प्रिमियर कपदेखि लागू हुने गरी सन्दीपलाई एकदिवसीय टिमको नेतृत्व सुम्पिइएको हो। क्यानका अनुसार अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसिसि प्रिमियर कप प्रतियोगितादेखि सन्दीपले कप्तानका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीमा आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा समावेश छन्।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार