NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाल-भारत क्रस बोर्डर पेमेन्ट सेवा सुरु: अब मोबाइलबाटै रकम पठाउन र पाउन सकिने

नेपाल र भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा कार्यान्वयनमा आएको छ। अब निश्चित बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी दुई देशबीच व्यक्तिगत रकम पठाउन र पाउन सकिनेछ। यो सेवाले दुई देशबीच वित्तीय कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
Rohan Tamang
Rohan Tamang
7 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
क्रस बोर्डर पेमेन्ट
Share:

नेपाल र भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा कार्यान्वयनमा आएको छ। यो सम्झौताले दुई देशबीच अनलाइनबाटै व्यक्तिगत रकम ट्रान्सफरको ढोका खोलेको छ।

यो सेवाको सुरुवात केही निश्चित बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार, सेवा सुचारु भएका वाणिज्य बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा कनेक्ट आईपीएस एपमार्फत भारतमा रकम पठाउन सक्नेछन्।

रकम ट्रान्सफरका लागि बैंकहरुले मोबाइल बैंकिङ एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’ विकल्प थपेका छन्। रकम पठाउँदा बैंक खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्नेछ।

भारततर्फ पनि केही बैंकले यो सेवा सुरु गरेका छन्। नबिल बैंकले आफ्नो ‘एनबैंक’ एपमार्फत नेपाल-इन्डिया रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु गरिसकेको छ। यसबाट नबिल बैंकका ग्राहकले भारतमा रहेका परिवार वा साथीभाइलाई मोबाइल एपबाटै पैसा पठाउन सक्नेछन्। भारतबाट नेपालमा रहेका आफन्तलाई पनि नबिल बैंकमा रकम पठाउन सकिनेछ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार