NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारद्वारा आइतबारको सार्वजनिक बिदा खारेजको हल्लाको खण्डन

सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले यस विषयमा सरकारले कुनै निर्णय नगरेको र तत्काल कुनै तयारी नभएको बताइन्। यसअघि चैत २२ को मन्त्रिपरिषद् बैठकले इन्धन मूल्यवृद्धिलगायत कारणले जनजीवन सहज पार्न दुई दिन बिदा दिने निर्णय गरेको थियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 June 2026, 6:18 pm १ मिनेट पढाइ
आकार:
सार्वजनिक बिदा खारेज
Share:

सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचार सत्य नभएको सरकारले स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा खारेज गर्न लागिएको भनी आएका समाचारको सरकारले खण्डन गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गर्ने सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको र यस विषयमा हाल कुनै तयारी पनि नभएको बताइन्। उनले सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।’

यसअघि गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिलगायतले जनजीवनमा सहजता ल्याउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार