विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले यो आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिमा र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। सीआईबीले बैंकिङ कसुरमा पनि अनुसन्धान गरिरहेको छ।
अभिलेखअनुसार, दीपक भट्टको हकमा यो आठौँ पटक र सुलभ अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो।
