NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्वास्थ्य मन्त्रालयमा अब एक सचिव मात्र, डा. देवकोटालाई पूर्ण जिम्मेवारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक मात्र सचिव रहनेछन्। स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटाले सम्पूर्ण प्रशासनिक र प्राविधिक जिम्मेवारी सम्हाल्नेछन्। प्रशासनतर्फका सचिव डिल्ली शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 June 2026, 6:18 pm १ मिनेट पढाइ
आकार:
स्वास्थ्य मन्त्रालय सचिव
Share:

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू भएको छ। सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेसँगै यो निर्णय कार्यान्वयनमा आएको हो।

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। यसअघि मन्त्रालयमा स्वास्थ्य सेवा र प्रशासनतर्फ गरी दुई सचिवको दरबन्दी थियो।

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटाले मन्त्रालयको सम्पूर्ण प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हाल्नेछन्। प्रशासनतर्फका सचिव डिल्ली शर्मालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

सोमबार नै शर्माको मन्त्रालयबाट औपचारिक बिदाइ गरिएको थियो। यससँगै स्वास्थ्य मन्त्रालयको नेतृत्व अब डा. देवकोटाको काँधमा केन्द्रित भएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार