नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा मन्त्री छनोटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। संसदीय दलका नेता राजेन्द्र रावलले एकलौटी रूपमा मन्त्रीहरूको नयाँ सूची मुख्यमन्त्री कार्यालयमा पठाएपछि असन्तुष्टि चुलिएको हो।
आइतबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको थियो। तर, रावलले पार्टीको विधान र प्रक्रियाविपरीत एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले सोमबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो।
सुदूरपश्चिममा आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी भइरहेको छ।
