NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठन: तीन मन्त्री र दुई राज्यमन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन्।
Sanjay Karki
Sanjay Karki
8 June 2026, 8:47 pm १ मिनेट पढाइ
आकार:
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठन
Share:

सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ सदस्य नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

बेलबहादुर रानामगर सामाजिक विकासमन्त्री, विक्रमसिंह धामी आर्थिक मामिलामन्त्री र मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शाहले दुवै राज्यमन्त्रीलाई शपथ गराएका हुन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार