NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपा बिदेह–३ मा वडा समिति गठन, अध्यक्षमा संजीव झा

• धनुषाको बिदेह नगरपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न। • संजीव कुमार झाको अध्यक्षतामा नयाँ वडा समिति गठन। • नवनिर्वाचित समितिले संगठन विस्तार र स्थानीय मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त।
Kamala Devi
Kamala Devi
10 August 2026, 7:05 am १ मिनेट पढाइ
आकार:
रास्वपा बिदेह वडा समिति
Share:

धनुषाको बिदेह नगरपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा अधिवेशन सम्पन्न गरी संजीव कुमार झाको अध्यक्षतामा नयाँ वडा समिति गठन गरेको छ।

तदर्थ समितिका संयोजक उदय कुमार रायको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा बिदेह नगर सभापति हरी नारायण मण्डल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता र सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

नयाँ वडा समितिमा संजीव कुमार झा अध्यक्ष, राम पुकार मण्डल उपाध्यक्ष, मुकेश कुमार राय सचिव र महन्थ राय सह–सचिव चयन भएका छन्। यस्तै, रुद्र नारायण यादव, युगल पासवान, प्रमोद सहनी, रिंकु दास, पुनिता राय, देवकी मुखिया र ललिता देवी दास सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष झाले वडा नम्बर ३ मा रास्वपाको संगठनलाई सुदृढ बनाउने, जनताका समस्या, स्थानीय विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले वडा तहबाटै जनतासँग संवाद र सहकार्य गर्दै पार्टीको संगठन विस्तार गर्ने बताए।

अधिवेशनले आगामी दिनमा वडा तहमा पार्टी संगठन विस्तारलाई तीव्रता दिने, सुशासन, पारदर्शिता, जनउत्तरदायित्व र स्थानीय विकासका मुद्दालाई प्राथमिकता दिने निर्णय गरेको छ। नवनिर्वाचित समितिले स्थानीय जनताका समस्या र आवश्यकतालाई केन्द्रमा राखी सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार