NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर भारी वर्षाको सम्भावना, कोसी र गण्डकी प्रदेशमा अति भारी वर्षाको चेतावनी

• देशभर आज दिउँसो भारी र राति धेरै भारी वर्षाको सम्भावना छ। • कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा राति अति भारी वर्षाको चेतावनी। • हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको समेत सम्भावना।
Sanjay Karki
Sanjay Karki
10 August 2026, 9:04 am १ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:

काठमाडौं । देशका विभिन्न स्थानमा आज दिउँसो भारी र राति धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहँदा यस्तो मौसमी अवस्थाको सिर्जना भएको हो ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका केही स्थानमा भारी र एक वा दुई स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान छ ।

दिउँसो भने देशभर सामान्य बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भेगका धेरै स्थानमा मध्यम वर्षाको अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा, साथै मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा देशभर सामान्य बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भूभागका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस र कोसी प्रदेशका तराई भेगका थोरै स्थानमा मध्यम वर्षाको अनुमान गरिएको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार