NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौंमा मधेसी समुदाय लक्षित विद्वेषपूर्ण अभिव्यक्ति लेख्ने प्रहरी फन्दामा

काठमाडौंको सार्वजनिक स्थलमा मधेसी समुदाय लक्षित विद्वेषपूर्ण अभिव्यक्ति लेख्ने विशाल गुरुङ पक्राउ परेका छन्। प्रहरीले उनलाई सार्वजनिक शान्ति खलल कसुरमा अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
7 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
विद्वेषपूर्ण अभिव्यक्ति लेख्ने
Share:

काठमाडौँको सार्वजनिक स्थलमा मधेसी समुदाय लक्षित विद्वेषपूर्ण अभिव्यक्ति लेख्ने विशाल गुरुङ प्रहरी फन्दामा परेका छन्। उनले सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्य गरेको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले भदौ २० गते खोटाङको बाक्सिला घर भई हाल शङ्खमूल बस्ने ३५ वर्षीय गुरुङलाई पक्राउ गरेको हो।

गुरुङलाई शङ्खमूलबाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार