NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सेनाले महाकाली पुलको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माण थाल्यो

• कञ्चनपुरको महाकाली नदीमा रहेको चार लेनको पक्की पुलको उत्तरतर्फको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माणमा नेपाली सेना परिचालन भएको छ। • गत वर्ष बाढीले क्षति पुर्याएको ३०० मिटर क्षेत्रको मर्मत कार्य शनिबारदेखि सुरु भएको छ। • वर्षायाममा हुनसक्ने सम्भावित क्षति रोक्न र पुल तथा तटीय बस्ती जोगाउने उद्देश्यले सेनाले काम थालेको छ।
Kamala Devi
Kamala Devi
14 June 2026, 10:17 am १ मिनेट पढाइ
आकार:
महाकाली पुल गाइडबण्ड
Share:

कञ्चनपुरको महाकाली नदीमा रहेको चार लेनको पक्की पुलको उत्तरतर्फको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माणमा नेपाली सेना खटिएको छ। गत वर्ष बाढीले क्षति पुर्याएको ३०० मिटर क्षेत्रको मर्मत कार्य शनिबारदेखि सुरु भएको हो।

गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई संकटग्रस्त क्षेत्र घोषणा गरी सेनालाई गाइडबण्ड निर्माणको जिम्मा दिएको थियो। यस वर्ष पनि आसन्न वर्षायाममा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले सेनालाई पुनः जिम्मेवारी दिइएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति यस योजनामा खटिएको छ। श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहितको प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरी अवस्थाबारे जानकारी लिएको छ।

बाहिनीले तत्कालको क्षति न्यूनीकरण, थप क्षति रोक्न, पुल संरक्षण र तटीय क्षेत्रका बस्ती जोगाउने गरी काम सुरु गरेको छ। सुदूरपश्चिम पृतनाअन्तर्गतका विभिन्न ठाउँबाट सेनाको टोली यस क्षेत्रमा आइरहेको छ।

गत वर्ष पनि सेनाले जिम्मेवारी पूरा गरेकाले महाकाली नदीले गाइडबण्डमा ठूलो क्षति पुर्याउन सकेको थिएन। यस वर्ष पनि सेनाले सोही जिम्मेवारीअनुसार काम गर्नेछ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवका अनुसार गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर क्षेत्रमा क्षति पुगेको थियो।

चार लेनको पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) को विषय टुंगो नलाग्दा निर्माण कम्पनी गत वर्षदेखि कामबाट बाहिरिएको छ। पुल निर्माण व्यवसायी र सडक विभागबीचको विवाद अहिले मध्यस्थता (आर्बिटे«सन) मा छलफलमा रहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार