NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडक बन्द

पहिरोको जोखिमले राति १० देखि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडक बन्द गरिने भएको छ। चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाएको हो।
Sanjay Karki
Sanjay Karki
19 July 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
नारायणगढ मुग्लिन सडक
Share:

पहिरोको जोखिमले राति १० बजेदेखि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिने भएको छ। यो व्यवस्था आज राति १० बजेदेखि लागू हुनेछ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार, जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम छ। धादिङ जिल्ला प्रशासन कार्यालयले पनि सोही सूचना जारी गर्दै राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन, धादिङ लगायतका जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी दिएको थियो।

सोही सूचनाको आधारमा स्थानीय प्रशासनले यात्रुको सुरक्षा सुनिश्चित गर्न यो कदम चालेको हो। सूचनामा रातिमा यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ। वर्षाका कारण गत शनिबार राति पनि यो सडकखण्ड बन्द गरिएको थियो।

एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार