NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरीमा टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सुनसरीको इनरुवामा टिपरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। २९ वर्षीय मोटरसाइकल चालक विनोद चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। दुई जना यात्रु घाइते भएका छन्।
Kamala Devi
Kamala Devi
8 June 2026, 11:47 am १ मिनेट पढाइ
आकार:
सुनसरी मोटरसाइकल दुर्घटना
Share:

सुनसरीको इनरुवामा टिपरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

झुम्काबाट इनरुवा जाँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजे सडक छेउमा रोकिराखेको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका-८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार इनरुवा-८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन्।

प्रहरीले टिपर चालक सुनसरीको कोशी गाउँपालिका-३ का ४८ वर्षीय लालमोहमद मियाँलाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चालकको लापरवाही र तीव्र गतिको कारण दुर्घटना भएको खुलेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार