२६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणलाई बजेट अभाव
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा पुगेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले यी संरचना पुनर्निर्माणका लागि पर्याप्त बजेट नभएको जानकारी दिए। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यो तथ्यांक प्रस्तुत गरेका हुन्।
आईजीपी कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेका छन्। तत्काल मर्मतसम्भार र पुनर्निर्माणको आवश्यकता छ। बजेट अभावले प्रहरी संरचनाहरूको स्तरोन्नतिमा बाधा पुगिरहेको उनको भनाइ थियो।
