NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आर्थिक विधेयक हेरफेर: अर्थमन्त्री वाग्लेमाथि शाहीको छानबिन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको हेरफेरमाथि प्रश्न उठाएका छन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्। शाहीले करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चलाउनुपर्ने र यसको छानबिन संसद्ले गर्नुपर्ने बताए।
Arjun Basnet
Arjun Basnet
8 June 2026, 1:47 pm १ मिनेट पढाइ
आकार:
आर्थिक विधेयक हेरफेर
Share:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा पेस नभई आर्थिक विधेयकमा हेरफेर गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसदीय छानबिनको माग गरेका छन्। उनले यो परिवर्तन कसको स्वार्थमा गरियो भन्दै प्रश्न उठाएका हुन्।

सोमबार संसद् बैठकमा बोल्दै सांसद शाहीले अर्थमन्त्रीले संसद्को सम्पत्तिसम्बन्धी विधेयकमा भकाभक परिवर्तन गरेको आरोप लगाए। उनले देशलाई किसान र सामान्य नागरिकले नबिगारेको, बरु सत्तामा पुगेका व्यक्तिहरूले नै बिगारेको टिप्पणी गरे।

शाहीले करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चलाउनुपर्ने बताए। उनले यस विषयमा सरकारले नभई संसद्ले छानबिन समिति गठन गर्नुपर्ने माग गरे।

उनले भने, ‘करका दर हेरफेरबारे सचिवलाई पनि थाहा हुँदैन। अर्थमन्त्री र उनले तोकेका व्यक्तिलाई मात्रै थाहा हुन्छ। सूचना लिक भएर ७५३ वटा बीवाइडी गाडी केरलाबाट १४ गते भन्सार पास हुन्छन्, २० गते गाडी आइपुग्छ। अनि सरकारले छानबिन समिति बनाउँछ? आफैँ समिति बनाएर कर्मचारीलाई डाम्न खोज्ने?’

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार