रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा सवारी साधनको ठक्करबाट ४३ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ। गढीमाई नगरपालिका–९ मलाहीटोलका सहनीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार, सहनीको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रहरीले ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी कार्य जारी रहेको जनाएको छ।
