NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतको अवरोधले इलाम र झापाका चिया उद्योग बन्द

भारतले गुणस्तर परीक्षणको बहानामा नेपाली चियाको निकासी रोकेको छ। यसबाट इलामका ५६ र झापाका ३० चिया उद्योग बन्द हुने भएका छन्। उद्योग बन्द हुँदा एक लाख मजदुर र ३० हजार किसान परिवार प्रभावित हुनेछन्।
Kamala Devi
Kamala Devi
14 June 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
चिया उद्योग बन्द
Share:

भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा डेढ महिनादेखि निकासी रोकिदिएपछि उत्पादित चियाले बजार नपाएर कुहिने अवस्था आएको छ। यसले इलाम र झापाका चिया उद्योग बन्दको घोषणा गरिएको छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार सोमबारदेखि इलामका ५६ वटा चिया उद्योग बन्द हुनेछन्। बुधबारदेखि झापाका ३० वटा उद्योग बन्द गरिनेछन्। यी उद्योग बन्द हुँदा एक लाख मजदुर र किसानका ३० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन्।

इलाममा वार्षिक ६५ लाख किलो चिया उत्पादन हुन्छ। भारतीय पक्षको अवरोधले ठूलो मात्रामा चिया मौज्दात छ। बजार नपाउँदा उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको उद्योगीहरूको गुनासो छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार