बीवाईडी प्रकरणमा ठुलो घोटाला: एमालेको आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको माग
चीनबाट आयातित बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्रकरणमा सरकारले ठुलो घोटाला गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आरोप लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस प्रकरणमा अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ।
एमाले सांसद पद्मा अर्यालले प्रतिनिधि सभा बैठकमा बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन्। उनले बीवाईडी ईभी आयातमा सेटिङ मिलाएर राज्यलाई अर्बौंको ठगी गरिएको दाबी गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री जनार्दन शर्मामाथि राजद्रोहको मुद्दा चलाउनुपर्ने माग गरेको छ।
