NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विपक्षी अवरोधले प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार स्थगित भएको थियो। एमाले उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा माफी माग्नुपर्ने माग गरेकी थिइन्। विशेष कारण देखाउँदै बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 June 2026, 2:18 pm १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक स्थगित
Share:

विपक्षी दलको अवरोधपछि सोमबार स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ।

सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। एमालेका संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै सदनमा आएर माफी माग्नुपर्ने माग गरेकी थिइन्।

अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने अडान राखेका थिए। विपक्षीहरूको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै बैठक मंगलबार (जेठ २६) का लागि सारिएको जानकारी दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार