NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक आज: अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने, विधेयक पेस हुने

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्। विभिन्न विधेयकहरू पनि संसदमा प्रस्तुत गरिनेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 June 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यसहित राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ उनले दिनेछन् ।

यसैगरी, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू प्रस्तुत गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार