कोटेश्वर चोकको ट्राफिक जाम अन्त्य गर्न जाइकाको फ्लाईओभर र अन्डरपास आयोजना
कोटेश्वर चोकको अत्यधिक ट्राफिक जाम न्यूनीकरण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजना’ निर्माणलाई प्राथमिकतामा राखेको छ। यो आयोजनाले कोटेश्वर–जडीबुटी–तीनकुने खण्डको ट्राफिक समस्या समाधान गर्ने लक्ष्य लिएको छ।
जाइकाले विभिन्न विकल्प अध्ययन गरी ‘टीके–२ आर’ मोडेललाई उपयुक्त ठहर गरेको छ। यस मोडेलअन्तर्गत कोटेश्वर–जडीबुटी–तीनकुने चोक सुधार आयोजनामा फ्लाईओभर तथा अन्डरपास निर्माण गरिनेछ। यसबाट व्यस्त समयमा हुने सवारी चापमा कमी आउने अपेक्षा गरिएको छ।
जाइकाका अनुसार, आयोजनाको विस्तृत अध्ययन र डिजाइन कार्य अन्तिम चरणमा छ। आगामी तीन महिनाभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य छ।
