परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण सकेर अर्को साता चीनको भ्रमणमा जाने भएका छन्।
स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नेछन्।
भ्रमणमा नेपाली डायस्पोरासँगको अन्तरक्रिया पनि समावेश छ। मन्त्री खनाल जेठ १७ गते स्वदेश फर्कने कार्यक्रम छ।
