NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति थापा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा भने सहभागी नहुने भएका छन्। यसअघि प्रधानमन्त्री बालेन शाहको भारतबारेको अभिव्यक्तिका कारण संसद् अवरुद्ध भइरहेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
8 June 2026, 8:16 am १ मिनेट पढाइ
आकार:
गगन थापा सर्वदलीय बैठक
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बिहान ९ बजे समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भने सहभागी नहुने भएका छन्।

थापाको अनुपस्थितिको कारण खुलाइएको छैन। कांग्रेसका तर्फबाट भने संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिर्दोश आलम सहभागी हुनेछन्।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष÷सभापतिसहित दुई÷दुई जनालाई बैठकमा आमन्त्रण गरिएको छ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी हुनेछन्। नेकपाका संयोजक पुष्पकमल दाहाल अस्वस्थ भएकाले बैठकमा नजाने भएका हुन्। प्रमुख सचेतक युवराज दुलालका अनुसार दाहाल केही दिन आराम गर्नेछन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गरिरहेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले संसद्मा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार