NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ घाइते, एक बालकको अवस्था गम्भीर

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु सवार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन्। १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर छ। प्रहरीले फरार चालकको खोजी गरिरहेको छ।
Kamala Devi
Kamala Devi
10 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
सिरहा ट्याक्टर दुर्घटना
Share:

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु सवार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार ज १ त ४८०८ नम्बरको ट्याक्टर उत्तरवाहिनीबाट कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै थियो। फुलकुमारी महतो स्कुलको गेटअगाडिको उकालोमा ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको हो।

दुर्घटनामा अनुराग मण्डलसहित १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गंगिया मण्डल, ३३ वर्षीया मोना कुमारी मण्डल, ५० वर्षीया चन्द्र कुमारी दास, ६० वर्षीया रामदुलारी दास, ४४ वर्षीया राम कुमारी दास, १७ वर्षीय पंचा मण्डल, १७ वर्षीय आसिस कुमार यादव, १२ वर्षीय बिकी मण्डल, बिना कुमारी मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव र १३ वर्षीय कृष्णा कुमार यादव घाइते भएका छन्।

घाइते सबैलाई उद्धार गरी कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

इलाका प्रहरी कार्यालय बन्दीपुरले दुर्घटनाग्रस्त ट्याक्टर नियन्त्रणमा लिएको छ। फरार चालक धनुषा जनकपुर–१५ का ३५ वर्षीय रामबिहारी मण्डलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार