NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुस्तामा भूमि कटान रोक्न लुम्बिनी प्रदेश सरकारको सहयोग

लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले गरिरहेको भूमि कटान रोक्न सहयोग गर्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले कटान क्षेत्रको स्थलगत अवलोकन गरी विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अस्थायी बाँध निर्माणका लागि आवश्यक सामग्री प्रदेश सरकारले उपलब्ध गराउने छ।
Kamala Devi
Kamala Devi
9 August 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
सुस्ता भूमि कटान
Share:

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको क्षेत्रको स्थलगत अवलोकनपछि लुम्बिनी प्रदेश सरकारले सहयोगको प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार सुस्ता पुगेर कटान क्षेत्रको निरीक्षण गरेका हुन्।

मुख्यमन्त्री आचार्यले कटान रोकथामका लागि प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमार्फत सहयोग गर्ने बताए। उनले अस्थायी बाँध निर्माणका लागि आवश्यक तारजाली र बोरालगायतका सामग्री उपलब्ध गराइने जानकारी दिए।

सो अवसरमा मुख्यमन्त्री आचार्यले तटबन्ध निर्माण गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई प्रदेश सरकारको तर्फबाट सहयोगको आश्वासन दिए।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले नदी कटानबाट सुस्ताको भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएको बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार