मेनू
मुख्य समाचार

काठमाडौँको बिजुलीबजारमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही पक्राउ

Nmkhabar 29 March 2026, 11:51 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
f X W

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौँको बिजुलीबजार पुल नजिकै झडप भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीहरू सडकको बीच लेनमा गएपछि आवागमन प्रभावित भएको भन्दै प्रहरीले उनीहरूलाई छेउ लगाउन खोजेको थियो। सोही क्रममा दुई पक्षबीच विवाद चर्किएर झडपको स्थिति सिर्जना भएको हो।

विवाद बढेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको जनाएको छ।

झडप र ढुंगा हानाहानका कारण त्यस क्षेत्रको यातायात आवागमन प्रभावित बनेको छ। प्रहरीले सडक खुलाउने र अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयास जारी राखेको छ।

Nmkhabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार