मेनू
मुख्य समाचार

पूर्वप्रधानमन्त्री देउवाको सम्पत्तिमा छानबिन तीव्र, प्रमाण नष्ट हुने आशंकामा निवास भत्काउन रोक

user 29 March 2026, 5:41 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
f X W

सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र पारेको छ। यही क्रममा काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा क्षतिग्रस्त भवन भत्काउने काम भइरहेकोमा नेपाल प्रहरीले रोक लगाएको छ।

अनुसन्धानका क्रममा भौतिक प्रमाण नष्ट हुन सक्ने आशंकामा उच्चपदस्थ अधिकारीहरूको निर्देशनमा प्रहरीले यस्तो कदम चालेको हो। जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षतिग्रस्त बनेको सो निवास केही दिनदेखि देउवा परिवारको निर्देशनमा कामदार लगाएर भत्काइँदै थियो।

देउवा परिवारमाथि सत्ताको आडमा अस्वाभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा यसअघि नै उजुरी परेको थियो। स्रोतका अनुसार पछिल्लो एक-डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारका नाममा किनिएको करिब ७३ रोपनीजग्गाको विवरण संकलन भइसकेको छ।

अनुसन्धान अधिकारीहरूले नातेदारहरू प्रदीपशम्सेर जबराभुषण राणा लगायतबाट जयवीरको खातामा भएको आर्थिक कारोबारको विवरण पनि जुटाइरहेका छन्। यो छानबिन नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता र नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणसँग पनि जोडिएको विभाग सम्बद्ध स्रोतले पुष्टि गरेको छ।

बूढानीलकण्ठको एउटै कम्पाउण्डभित्र बनेका दुईवटा बंगलोबारे पनि उजुरी परेकाले प्रहरीले अहिले ती संरचना भत्काउन नदिएको हो। संकलित प्रमाण र विवरणका आधारमा अब अनुसन्धानलाई थप अघि बढाइने छ।

user

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार